-रमेश गिरी
भक्तपुर, २९ फागुन : नेपालको पहिलो दमकल सेवा जुद्ध बारुण यन्त्र कार्यालय हो । काठमाडौंमा तत्कालिन राणा शासनकालमा जुद्ध शमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसंगै भक्तपुरमा पनि बि.स. २००१ सालमा स्थापना गरिएको थियो । राणा शासनकालमा अग्नी नियन्णका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौं र ललितपुरमा नरहेपनि भक्तपुरमा भने अझै पनि सेवाकालिन रुपमै जिवित रहेको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यबस्थापन प्राधिकरण अन्तर्गत लैजाने गरि विपद जोखिम न्यूनीकरण तथा व्यबस्थापन ऐन २०७४ ले देशभरका ७५३ वटा स्थानीय तहमै दमकल राख्नु पर्ने व्यबस्था गरेपछि काठमाडौंस्थित जुद्ध बारुण यन्त्र कार्यालयले काठमाडौं महानगरपालिकालाई र ललितपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालयले ललितपुर महानगरपालिकालाई दमकल हस्तान्तरण गरेको थियो ।
तर भक्तपुर नगरपालिकाले भने जुद्ध बारुण यन्त्रका दमकल आफूले जिम्मेवारी नलने बताएपनि निकै समय अन्योलकाृे अबस्थामा रहेको भक्तपुर कार्यालयमा मध्पुरथिमि नगरपालिकाले एक, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा एक गरि दुईवटा दमकल खरिद गरि कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
ती तीनवटै पालिकाले दमकलसंगै हरेक वर्ष ती दमकलको मर्मत सम्हार र ती दमकललाई लाग्ने आवश्यक इन्धनको समेत व्यबस्था गर्दै आएपनि भक्तपुर नगरपालिकाले भने सेवा लिएपनि कुनै दायित्व बहन भने गरेको छैन ।
तत्कालिन राणा सरकारले बि.स. २००१ सालमा तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा ल्याएको जुद्ध बारुण यन्त्रले स्थापनाको ८१ वर्षमा बल्ल सुविधा सम्पन्न नयाँ भवन पाएको छ । उद्घाटनका लागि विगत दई महिनादेखि आफ्नो विभागीय गृहमन्त्री कुरिरहेको एउटा गर्विलो इतिहास बोकिरहेको नेपाल सरकार गृहमन्त्रालय अन्तर्गतको जुुद्ध बारुण यन्त्र भक्तपुरले लामो इतिहासलाई जिवन्त बनाइरहेको छ ।
जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले यहाँको दमकललाई पनि भक्तपुर नगरपालिकालाई हस्तान्तण गर्न खोजेको, पटक पटक तत्कालिन प्रमुख जिल्ला अधिकारीसंगको नेतृत्वमा नगरपालिकासंग छलफल गर्दा पनि भक्तपुर नगरपालिकाले दमकलको जिम्मेवारी लिन नमानेपछि गृह मन्त्रालय अन्तर्गतन नै भक्तपुर दमकलले जुद्ध वारुण यन्त्रको इतिहास जिवन्त राखेको बताउनु हुन्छ ।
भक्तपुरको दमकललाई गृहमन्त्रालय, मातहत कार्यालय, सहयोग गर्ने नगरपालिका, सहयोगी बिभिन्न संघसंस्था एवं प्रतिष्ठानहरु, स्वदेशी तथा विदेशी निकायहरुको सहयोग ररिहेको छ । जीर्ण र पुरानो भवनमा लामो समय व्यतित गर्दै धेरै आरोह, अवरोह र चुनौतीहरु पार गरि जुद्ध बारुण यन्त्र भक्तपुरले जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो सेवालाई कुनै कमि हुन नदिएको उहाँ बताउनुहुन्छ ।
कार्यालय प्रमुख धौभडेल भन्नुहुन्छ, “मेरो जीवनको ३९ वर्ष यहीँ कार्यालयमा बिभिन्न पदमा रहेर सेवा गरिरहदाँ यहाँका धरै अनुभूति संगाल्दै यहाँसम्म ल्याई पर्याउन सफल भएका छाँै । जीर्ण पानी चुहिने भवनमा थोत्रा दमकलले पनि सेवालाई कमी हुन दिएनौ, नगरपालिकाले नयाँ दमकल दिएपछि धरै राम्रो भयो । भवन निर्माणको सबै विवादलाई बिभिन्न चरणको छलफलबाट सहमति गर्दै नयाँ भवन बनाउन सफल भएका छौँ । जुद्ध बारुण यन्त्रको इतिहास अब यहाँ सधै जिवन्त र सेवा निरन्तरता रहन्छ ।”
पुरानो, जीर्ण र साँघुरो भवन २०७२ सालको भूकम्पले थप क्षति पुर्याएपछि जोखिम मोलेरै पनि कार्यालय सञ्चालन गर्दै आएको अबस्थामा नयाँ भवन निर्माणका लागि सरकारसंग पटक पटक गरेको आग्रह पछि भवन बन्ने त भयो तर जग्गा आफ्नो नाममा नुहँदा थप समस्या आएको उहाँ स्मरण गर्नुहुन्छ । दमकल रहेको जग्गा पनि नेपाली सेनाको नाममा पुगेपछि पटक पटकको छलफल र सहमतिबाट भवन रहेको जग्गा सरकारसंग लिजमा लिने प्रक्रिया पुरा गर्नदेखि उक्त जग्गामा नयाँ भवन निर्माण गर्न भक्तपुर नगरपालिकाबाट नक्सा पासमा गरेको ढिलाईलाई बिर्सन निकै कठिन भएको यहाँका कर्मचारी बताउँछन् ।
सरकारले भवन निर्माण गर्न बजेटको व्यबस्थापन गर्दा पनि कार्यालयबाट पछाडि बस्तीमा जाने सडक साँघुरो भएकाले निम्तिएको जटिलता पन्छाएर फराकिलो सडक निर्माण गरेर नक्सा पास गर्दै नयाँ भवन निर्माणमा भएको ढिलाईले भूकम्पले जीर्ण बनेको भवनमा ज्यान जोखिम राखेर सेवामा तल्लिन रहनु परेको कठिन क्षणलाई नयाँ भवनले धेरै हदसम्म बिर्साइदिएको कर्मचारीहरु बताउँछन् ।
कार्यालय प्रमख धौभडेल भन्नुहुन्छ, “कार्यालय प्रमुखको हैसियतले मेरो धरै प्रयत्न, स्थानीयवासी र नगरपालिकासंगको पटक पटकको छलफलबाट निकास निकाल्दै पछाडि बस्तीमा जाने सडक फराकिलो पार्न केही जग्गा छाडेर सहमति गरेपछि बल्ल नक्सा पास गरेर नयाँ भवन निर्माणको प्रारम्भिक प्रक्रिया अगाडि बढाएर अहिलेको नयाँ भवनमा आइपुगेका हौँ, अब गृहमन्त्री रमेश लेखकबाट उद्घाटन गराउन हामी उहाँलाई कुरिरहेका छौँ ।”
नेपाल सरकार मन्त्रीपरिषद्बाट आगामी ५० वर्षका लागि जुद्ध बारुण यन्त्र भक्तपुरका लागि जग्गा लिजमा प्राप्त भएसंगै नेपाल सरकारको बजेटमा शहरी बिकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौंले २०७७ साउन ६ गते ठेक्का सम्झौता गरि भवन निर्माण सुरु भएको थियो । “अहिले नयाँ भवन निर्माण सम्पन्न भएर यहीँ भवनबाट कार्यालय सञ्चालन गर्न पाउँदा ती दिनमा हामीले भोगेका कठिनाई, संघर्ष र प्रयत्नलाई बिर्सेर हामीले देखेका सपना पुरा भएकाले साह्रै खुसी लागेको छ”–उहाँ भन्नुहुन्छ ।
नेपाल सरकारको कूल रु. ५ करोड ७६ लाख ९८ हजार ६५८ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएर २०८१ साल कात्तिक १ गते सघन शहरी तथा भवन निर्माण आयोजनाले यस कार्यालयलाई हस्तान्तरण गरेको छ । नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपनि उद्घाटनमा फेरी ढिलाई भएको छ ।
यस्ता छन् दमकलको अबस्था :
स्थापनाकालमा तत्कालिन सरकारले २००१ सालमा उपलब्ध गराएको डज दमकल अहिले नबने र नचल्ने अबस्थामा रहेको छ । त्यसपछि २०२४ सालमा बेलायत सरकारले उपलब्ध गराएको डेनिस गाडी मर्मत गरेर चलाउन सकिने अबस्थामा रहेको छ ।
२०३६ सालमा तत्कालिन सरकारबाट उपलब्ध गराएको म्याग्रस गाडी इन्जिन फेरेर चलाउन सकिने अबस्थामा रहेको छभने २०३२ सालमा सरकारले उपलब्ध गराएको पानीट्याङ्की, २०५८ सालमा सिद्धिस्मृति प्रतिष्ठान मार्फत उपलब्ध गराएको जर्मन गाडी, २०७३ मा मध्यपुरथिमि नगरपालिकाले खरिद गरि उपलब्ध गराएको दमकल र २०७९ सालमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले संयुक्त रुपमा खरिद गरि उपलब्ध गराएको दकमल मध्ये अहिले मध्यपुरथिमि नगरपालिका र सूयविनायक तथा चाँगुनारायण नगरपालिकाले उपलब्ध गराएको दुई वटा दमकल तथा दुईवटा व्याकअपका लागि पानी ट्यांकी चालू अबस्थामा रहेको कार्यालय प्रमुख धौभडेल बताउनु हुन्छ ।
यहाँ रहेका पुराना गाडीहरु जीर्ण भएर थन्किएको अबस्थामा रहेकाले पुराना र नबने तथा नचल्ने अबस्थामा पुगेका दमकललाई यहीँ एक संग्रहालयको रुपमा बिकास गरेर राख्न सके यसको इतिहासलाई सधै जिवित राख्ने सकिने उहाँ बताउनुहुन्छ । नगरपालिकाहरुले उपलब्ध गराएको दुईवटा दमकलका लागि आवश्यके इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएको जानकारी गराउदै छ । भक्तपुर, काठमाण्डौं, ललितपुरदेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिदै आएको भक्तपुरका दमकलले अहिले पनि आवश्यक पर्दा जुनसुकै ठाउँमा सेवाका लागि तयार रहदै आएको छ ।
कार्यालयमा ३२ दरबन्दी स्वीकृत रहेकोमा १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हवल्दार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सहलेखापाल र तीन कार्यालय सहयोगी रहेकोमा अन्य पद रिक्त छन् भने २३ जना कर्मचारीलाई करार सेवामा रहेका छन् ।
कर्मचारीका लागि आवश्यक सुरक्षा तालिम, आवश्यक जोखिम सामग्रीहरुका व्यबस्थापन गर्दै आएपनि करार कर्मचारी र यहाँको कर्मचारी एवं कार्यालय सञ्चालनका लागि थप बजेटको आवश्यकता रहेको छ । कर्मचारीलाई अगनी नियन्त्रणका बेला सुरक्षित पार्नु आवश्यक रहेको भन्दै कार्यालय प्रमुख धौभडेलले कार्यालयले आगो नियन्त्रण, ईनारमा खसेरका मानिसको उद्धार र ग्याँस लगायत बिभिन्न क्षेत्रमा हुने आगलागी नियन्त्रणमा समेत तालिम र अन्य सेवा दिदै आएको उहाँ बताउनुहुन्छ ।