
चाँगुनारायण । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गमा खानेपानीको समस्या समाधान हुने भएको छ । खानेपानीका लागि सरकारले बजेट विनियाजन गरेपछि खानेपानीको समस्या समाधान हुने भएको हो । चाँगुना।ायण नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले खानेपानीको समस्याबारे जानकारी गराएपछि नगरपालिकाले बजेटका लागि गरेको सिफारिसका आधारमा रकम विनियोजन भएपछि अब खानेपानीका समस्या दीर्घकालिनरुपमा समाधान हुने भएको हो ।
छालिङ्गमा खानपानीको लापग नगरपालिकाबाट माग भएअनुसार नेपाल सरकारको विशेष अनुदान मार्फात आउने खानेपानी तर्फको योजना अनुसार छालिङ्ग वृहत खानेपानी योजनाका लागि तीन करोड रुपैया रकम विनियोजन भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँले उक्त याजना तथा बजेटका लागि केन्द्रीय तहमा गोकर्ण पुरी, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको याृगदान समेत रहेको उहाँले बताउनुभयो । आयोजना छिट्टै सम्पन्न गर्ने गरि काम अगाडि बढाइने भएको छ ।