
नेपालगञ्ज, श्रावण २४ । नेपालगन्जको वीपी चोकस्थित । आगलागीबाट १२ वटा फर्निचर उद्योग र एक डेन्टल क्लिनिकमा क्षति हुने गरी आगलाग् भएको छ । जसबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक वीरबहादुर ओलीले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा र चारवटा दमकालको प्रयासले बिहान ५ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सफल भएको थियो । क्षतिको विवरण संकलन भैसकेको छैन ।