काठमाडौं,९ चैत।
आईपीएलको १८ औं संस्करणको शानदार सुरुवात शनिबारबाट हुँदैछ। सिजनको पहिलो खेल गत विजेता कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच कोलकाताको ईडेन गार्डेन्स स्टेडियम मा खेलिनेछ। खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरुहुने छ ।खेलअघि विशेष उद्घाटन समारोहको आयोजना हुनेछ, जसमा बलिउडका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। बंगाल क्रिकेट संघ (क्याब) का अध्यक्ष स्नेहाशीष गांगुली का अनुसार, उद्घाटन समारोह ३५ मिनेट सम्म चल्नेछ र टसअघि नै सम्पन्न हुनेछ।
उद्घाटन खेल र समारोह दुवैमा वर्षाको सम्भावना रहेको छ। यदि वर्षाले प्रभाव पार्यो भने खेल ढिलो हुन सक्ने वा छोटो ओभरमा सिमित हुनसक्ने अनुमान गरिएको छ।
यस पटक केकेआरको कप्तानी अनुभवी अजिंक्य रहाणे ले गर्नेछन्, भने आरसीबीको कप्तानी रजत पाटीदार को हातमा रहेको छ।
गत सिजन केकेआरले सनराइजर्स हैदराबादलाई हराउँदै उपाधि जितेको थियो। अब रहाणे अगाडि चुनौती छ – टिमलाई उपाधि बचाउनुपर्ने छ ।
अर्कोतर्फ, आरसीबीले अहिलेसम्म आईपीएल उपाधि जित्न सकेको छैन। यस पटक पाटीदारको नेतृत्वमा टोलीले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ।