काठमाण्डाै,२ वैशाख ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे उपकुलपतिकाे जिम्मेवारी प्रा. डा. खड्ग केसीले पाउनुभएकाे छ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको हाे ।
उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएकाे चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई जिम्मेवारी तोकिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिनुभएको राजीनामा गएकाे चैत २८ गते स्वीकृत भएको थियो ।