
काठमाडौं,९ वैशाख ।

आइपीएल क्रिकेटमा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ।
गएराति कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौति पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो।
कोलकाताका ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। लगत्तै भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए।
कप्तान अजिन्क्य राहणे अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो।
त्यसपछि अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अङकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २र२ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटको लागि शतकीय साझेदारी गरे।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






