
काठमाण्डौ,१३ वैशाख ।

सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहान भएको वार्ता निष्कर्षविहिन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा मन्त्री रघुजी पन्तसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो ।
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछि यो पहिलो वार्ता हो । हिजो दिउँसो मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै बेलुका शिक्षकका केही प्रतिनिधि सिंहदरबार पुगेका थिए । तर औपचारिक वार्ता र छलफल भएन ।
आजको वार्तापछि नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुका माग र आन्दोलनबारे जानकारी गराउने काम मात्रै भएको तर यो छलफल र सम्वादलाई निरन्तरता दिने बताउनुभयो ।
साथै उहाँले वार्ता ठोस निष्कर्षमा नपुग्दासम्म आफूहरुको आन्दोलन नरोकिने पनि बताउनुभएको छ । अर्को बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत्र २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् ।
शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।
सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






