हामीसँग जोडिनुहोस

स्थानीय सरकारले अब जनताको आर्थिक विकासलाई जोडेर विकासका कार्यक्रम ल्याउन पर्छ : अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिना

2 मिनेट

भक्तपुर, ९ जेठ : अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिनाले स्थानीय सरकारले अब विकासको मोडालिटी समय सापेक्ष रुपमा परिवर्तन गर्दै प्रतक्ष्य रुपमा जनतासंग जोडेर लैजानु पर्ने बताउनु भएको छ ।

आज मध्यपुरथिमिमा राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)ले आयोजना गरेको ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नारा व्यवहारमा कति सार्थक छ ? विषयक अन्तरिक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको आर्थिक विकासलाई जोडेर अगाडि जानु पर्ने बताउनुभयो ।

जनताले स्थानीय तहको सेवा घरमै बसेर लिन सक्ने, कर घरमै बसेर तिर्न सक्ने, वडा कार्यालयले अनलाइनबाटै सेवा दिन सक्ने गरि सेवामा सहजीकरण गरिरहेको, अधिकांश कामहरु वडाबाटै हुने गरि अधिकार सम्पन्न बनाएकाले गाउँ गाउँमा सिंहदबारको अनुभूति जनताले पाएको बताउनुभयो ।

उहाँले स्थानीय तहमा भौतिक विकासले फड्को मारेको बताउदै अब जनताको आर्थिक विकासलाई जोडेर सीप मूलक तालिम दिएर आत्मनिर्भर बनाउने, कृषिमा आकर्षित गर्ने र फरक व्यवसायतर्फ नागरिकलाई लैजानु पर्नेमा जोड दिनुभयो । स्थानीय तहले धेरै राम्रा काम गरेपनि त्यसको चर्चा बाहिर आउन नसकेको भन्दै सञ्चारकर्मीले राम्रा कामलाई पनि बाहिर ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकका कार्यबाहक नगर प्रमुख एवं वडा नं. ३ का वडाध्यक्ष कृष्णहरी आचार्यले वडाले वार्षिक एक देखि पाँच करोडसम्म कर उठाएर नगरपालिकालाई बुझाउने गरेपनि वडालाई आर्थिक अधिकार नदिदाँ वडालाई आवश्यक पर्दा कलमसमेत किन्न नपाउने पिडा रहेको सुनाउनुभयो ।

बिहान ५ बजेदेखि राती १ बजेसम्म प्रतक्ष्य रुपमा जनताको काममा व्यबस्त हुनुपर्ने वडाध्यक्षहरुले धेरै राम्रा काम गरेपनि त्यसको मूल्यांकन नभएको गुनासो गर्नुभयो । उहाँले अधिकार धेै भएपनि कतिपयलाई अझै कार्यान्वयनमा ल्याउन नसकेको बताउदै मध्यपुरथिमिले नक्सा पास बाहेक सबै काम वडाबाटै हुने गरेको बताउनुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले दशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न नसके र राजनीतिक दलका पुराना नेताहरुले नयाँ पुस्तालाई राजनीति नछाडे यो व्यबस्था नै संकटमा आउने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकार दिवस गुरागाईं, आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यलगायतले आमनागरिकले गाउँगाउँमा सिंहदरबार आएको अनुभति गर्ने गरि स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।