हामीसँग जोडिनुहोस

पाँच विदेशी नागरिकसहित २५ जिल्लाका आठ वर्षदेखि ६८ वर्ष उमेरका प्रतिस्पर्धी बुद्धिचाल प्रतियोगितामा भिड्दै

2 मिनेट

भक्तपुर, ९ जेठ । भक्तपुरमा आजबाट सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।

भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगिता भारत, इंग्ल्याण्डसमेत र नेपालको २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा भारतबाट चार र इंग्ल्याण्डबाट एक जना खेलाडीको समेत सहभागी रहेको छ । नेपालको पहिलो अन्तराष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता आज ५ राउण्ड सम्पन्न भएको र भोली शनिवार ४ राउण्ड खेलिने बताउनुभयो ।

प्रतियोगिताको आज उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउदै अन्तराष्ट्र्रिय क्षेत्रम हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरि खेलाडी उत्पादन गर्नु पर्ने बताउनभयो ।

बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताउनुहुँदै खेलमा हुने हारजित अस्थायी भएको र मित्रता स्थायी भएको हुँदा प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुले अनुशासित भएर मित्रता कायम गर्न खेल खेल्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तारण गर्दै भएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।