हामीसँग जोडिनुहोस

चाँगुनारायणमा भूकम्पीय पूर्वतयारी तथा आगलागी नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न 

4 मिनेट

खरिपाटी, (भक्तपुर) ८ जेठ । चाँगुनारायण नगरपालिकाकोे आयोजना आइसेट नेपाल/डिसिए नेपालको आर्थिक र प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंगको सहकार्यमा चाँगुनारायण नगरपालिकामा भूकम्पीय सुरक्षा तथा आगलागी सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न भएकोछ ।

नगरपालिकास्तरीय सबै सरोकारवालाहरुको बीचमा आपत्‌कालिन कार्यसञ्चालन केन्द्रको बारेमा समान बुझाइको विकास गर्ने तथा नगरपालिकामा वर्तमान विपद् पुर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिताको बारेमा छलफल गर्ने, कृतिम घटना अभ्यासमा क्षेत्रगत प्रमुख निकायहरुको काम, कर्तव्य तथा जिम्मेवारीको बारेमा जानकारी गराउने, कृतिम घटना अभ्यासमा वडा स्तरिय विपद् व्यवस्थापन समितिको भुमिका, सरोकारवाला निकायहरुको काम, कर्तव्य तथा जिम्मेवारीको बारेमा जानकारी गराउने उद्धेश्यले कृतिम घटना अभ्यास सञ्चालन गरिएको थियो ।

चाँगुनारायण नगरपालिकाको आयोजनामा सञ्चालन भएको कृतिम घटना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख एवं स्थानीय विपद् व्ययवस्थापन समितिका संयोजक जीबन खत्रीले यस प्रकारको अभ्यासले साच्चिकै विपद् पर्दाको घडीमा कसरी काम गर्ने भन्ने ज्ञान प्रदान गरेको भन्दै अभ्यसमा सहभागी स्थानीय विपद् व्यवस्थापन समितिका सदस्यहरु लगायत सहभागि जनप्रतिनिधिहरु, स्वयंसेवक तथा कर्मचारीहरु सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

उहाँले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनको विषय सबैको साझा विषय भएकाले सरकारी तथा गैह्र सरकारी निकाय , निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्य र समन्वयले मात्रै विपद्बाट सम्भावित क्षतिको न्यूनीकरण र तत्काल प्रतिकार्य गर्न सम्भब हुने बताउनुभयो । नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले आफ्‌नो श्रोत साधन र क्षमता अनुरुप आवश्यक पूर्वतयारी र प्रतिकार्यका कार्यहरु गर्दै आएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठल विपद् व्यवस्थापनका लागि सबै शाखाहरु बीचको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले नगरपालिकाले तयार भएको ऐन, नीति, नियम, कार्यविधि, योजनाहरुको परिक्षणको लागि नियमित रुपमा कृतिम घटना अभ्यास गर्नुपर्ने कुरामा जोड दिनुभयो । प्रशासकिय अधिकृत श्रेष्ठले विकास र विपद्का कार्यक्रमलाई संगै जोडेर लानु पर्ने भन्दै योजना तर्जुमामा समेत विपद जोखिम न्यूनीकरण सम्बन्धि क्रियाकलापलाई ध्यान दिनुपर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलयको प्रतिनिधि विष्णुहरी थापाले चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक कानुनी र नीतिगत प्रबन्ध गर्नुका साथै आवश्यक पूर्वतयारीका कार्यहरु गरिहेकोमा प्रशंसा गर्नुभयो । कृतिम घटना अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, स्थानीय आकस्मिक कार्यसञ्चालन केन्द्र र वडास्तरीय विपद् व्यवस्थापन समितिहरुको बैठक बसी भूकम्प घटेको कृतिम घटनाको सन्देश अनुसार प्रतिकार्यका कार्यहरु गरिएको थियो ।

कृतिम घटना अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजकको भूमिकामा जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णुहरी हुनुहुन्थ्यो भने सहजिकरण भक्तपुर रेडक्रसका सभापति परशुराम पाण्डे र प्रशिक्षक कृष्णचन्द्र न्यौपानेले गर्नु भएको थियो । स्थानीय विपद् व्यवस्थापन समितिको नेतृत्व नगर प्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक जीवन खत्रीले गर्नुभएको थियो भने सहजिकरण प्रशिक्षक राजकुमार लम्साल र विपद् सम्पर्क व्यक्ति तथा योजना शाखा प्रमुख अनुप लामिछानेले गर्नुभएको थियो ।

आकस्मिक कार्यसञ्चालन केन्द्रको नेतृत्व विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापाले गर्नुभएको थिया भने वडास्तरीय विपद् व्यवस्थापन समितिको नेतृत्व वडा नं ६ का वडा अध्यक्ष एवं वडास्तरिय विपद् व्यवस्थापन समितिका संयोजक धन बहादुर लामाले गर्नुभएको थियो भने सहजिकरण प्रशिक्षक मदन आचार्यले गर्नुभएको थियो ।

समग्र कृतिम घटना अभ्यासको समन्वय संजिवराम बैद्यले गर्नुभएको थियो । कृतिम घटना अभ्यासमा वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधान, ७ का वडा अध्यक्ष श्याम कृष्ण नँयाजु श्रेष्ठ, वडा ९ नं का गणेश त्यात उपस्थित हुनुहुन्थ्यो भने राजनैतिक दलका नगरस्तरिय प्रतिनिधिहरु तीनैवटा सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, ज्येष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधिहरु, वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक तथा सदस्य सचिवहरु, संघसंस्थाका प्रतिनिधिहरु, नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवकहरुको सबै तहका विपद व्यवस्थापन समितिमा आवद्ध हुनुभएको थियो । सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका विपद् सर्म्पक व्यक्तिहरु अवलोकन कर्ताको रुपमा कृतिम घटना अभ्यास कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा विपद्को अवस्थामा तत्काल गरिने खोज उद्धार र प्राथमिक उपचारको शिप पनि प्रदर्शन गरिएको थियो । पोलाई, हात तथा खुट्टाको खुल्लाा तथा बन्द भँचाई, टाउको र मेरुदण्डको चोट लगायतका घाइतेहरुको प्राथमिक उपचारको शिप प्रदर्शन गरिएको थियो । घायते ओसारपसार तथा प्राथमिक उपचारमा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवक तथा नेपाल रेडक्रस सोसाइटी स्वयंसेवकहरु खटिनुभएको थियो भने सहजिकरण दिवाकर पौडेलले गर्नुभएको थियो । अन्त्यमा नगर प्रहरीको सहयोगमा आगलागी नियन्त्रण सम्बन्धि अभ्यासको प्रदर्शन पनि गरिएको थियो ।

विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापाले आगामी मनसुनलाई ध्यानमा दिदै अघिल्लो वर्षझै नगरपालिकाले यस वर्षका लािग मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ तयार गर्नको लागि आगामी हप्ता कार्यशाला सञ्चालन गर्ने कुरा जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।