हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

1 मिनेट

काठमाण्डौ,१० जेठ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)  सनराइजर्स हैदराबादसँग पराजित भएको छ ।

गएराति भएको खेलमा हैदराबादले अङ्कतालिकाको दोस्रो स्थानमा रहेको बेङ्गलुरुलाई ४२ रनले हरायो ।

जीतका लागि हैदराबादले दिएको दुई सय ३२ रन लक्ष्य पछ्याएको बेङ्गलुरु १९ ओभर ५ बलमा एक सय ८९ रनमा अलआउट भयो । उसका फिल साल्टले सर्वाधिक ६२ तथा विराट कोहलीले ४३ रन बनाए । प्याट कमिन्सले तीन विकेट लिए ।

त्यसअघि लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३१ रन बनायो । उसका इशान किशनले अविजित ९४ रन बनाए । बेङ्गलुरुका रोमारियो सेपर्डले दुई विकेट लिए ।

हैदराबाद यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । हारसँगै बेङ्गलुरुको १३ खेलमा १७ अङ्क भएको छ । बेङ्गलुरु तेस्रो स्थानमा झरेको छ । आठौं स्थानमा रहेको हैदराबादको १३ खेलमा ११ अङ्क छ ।

आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।