हामीसँग जोडिनुहोस

तनहुँको व्यास नगरपालिका मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु

1 मिनेट

काठमाडौं,११ जेठ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा  व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो।

घाइतेहरूको उपचार दमौली अस्पतालमा घाइतेहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जीपमा पाँच जना सवार थिए।

घाइतेमध्ये एक जना गम्भीर छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (ई), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।