हामीसँग जोडिनुहोस

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने,आजै संसदमा जवाफ दिने

1 मिनेट

काठमाडौं,१४ जेठ। 

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले भिजिट भिसा प्रकरणबारे उठेका प्रश्नबारे गृहमन्त्री लेखकले प्रतिनिधिसभा बैठकमा जवाफ दिने पनि निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार,  बुधबारकै प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले सदन र बाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुख देवराज घिमिरेसँग समय माग्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत विपक्षी दलहरूले भने गृहमन्त्री लेखकको राजीनामा माग्दै आएका छन् । माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्न यसअघि मंगलबार प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक र एमालेका प्रमुख सचेतक  बर्तौला सहभागी थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।