हामीसँग जोडिनुहोस

कक्षा ११ मा रोम्बसद्धारा ५० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने

3 मिनेट

भक्तपुर, १५ जेठ । भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ । यसवर्षदखि कक्षा ११ सञ्चालन गर्ने भएपछि स्कूलले कक्षा ११ मा भर्ना हुन आउने ५० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय मानक चिह्न (आइएसओ) प्राप्त भक्तपुर कमलविनायकको चोखा विनायकस्थित प्रसिद्ध रोम्वस सेकेण्डरी स्कूलले शैक्षिक सत्र २०८२ देखि कक्षा ११ सञ्चालन गर्ने भए पछि आज पत्रकार सम्मेलन गर्दै पहिलो आउने ५० विद्यार्थीलाई छात्रबृत्ति दिने घोषणा गरेको हो ।

चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयले उक्त स्कुललाई कक्षा ११ सञ्चालन गर्ने अनुमति दिएपछि यसै वर्षदेखि कक्षा सञ्चालनको तयारी गरेको विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजुले पत्रकार सम्मेलनमा बताउनुभयो ।

विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल डा.कोजुले भन्नुभयो, चाँगुनारायण नगरपालिकाको २०८१ साल चैत्र २८ गतेको कार्यपालिका र शिक्षा समितिको निर्णयानुसार हामीले प्रमाणपत्र प्राप्त गरेका हौं । जस अनुसार यस वर्षदेखि हाम्रो विद्यालयमा व्यवस्थापन, कानून र मानविकी समूहका विभिन्न विषयहरुसहित कक्षा ११ संचालन गर्ने छौं ।’

उहाँले शैक्षिक वर्ष २०८२ देखि कार्यान्वयन हुने गरी रोम्वस सेकेण्डरी स्कूललाई भक्तपुर नगरपालिकाबाट चाँगुनारायण नगरपालिकामा स्थानान्तरण गरिएको समेत जानकारी दिनुभयो । लामो समयको प्रयास र मिहिनेतपछि शैक्षिक वर्ष २०८२ देखि कार्यान्वयन हुने गरी हामीले रोम्वस सेकेण्डरी स्कूललाई साविक भक्तपुर नगरपालिका वडा नं. १० बाट चाँगुनारायण नगरपालिका वडा नं. ७ चोखाविनायकमा स्थानान्तरण गरेका छौं ।’

उहाँले कक्षा ११ सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक र शैक्षिक तयारी अघि बढिरहेको जानकारी दिँदै कक्षा ११ शुभारम्भको अवसरमा रोम्वसमा भर्ना हुने पहिलो ५० जना विद्यार्थीलाई सम्पूर्ण शुल्कमा ५० प्रतिशत छात्रबृत्ति दिने घोषणा गर्नुभयो । यसका साथै विभिन्न संघ–संस्था, विद्यालय र स्थानीय तहबाट सिफारिस भई आएका विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गर्ने उहाँले बताउनुभयो ।

प्रिन्सिपल डा. कोजुले भक्तपुरबाट हरेक वर्ष ६ हजार विद्यार्थी कक्षा १० उत्तीर्ण गर्ने गरेको र उनीहरु कक्षा ११ अध्ययनका लागि भक्तपुर छोडेर बाहिर जिल्ला जाने बाध्यतालाई न्युनीकरण गर्न पनि विद्यालयले कक्षा ११ सञ्चालन गर्ने बताउनुभयो । उहाँले कक्षा ११ संचालनसँगै सीप र प्रविधि सहितका प्रतिस्पर्धी विद्यार्थी तयार पार्न विभिन्न शैक्षिक र अतिरिक्त कृयाकलाप गरि भक्तपुरबाटै अन्र्तराष्ट्रियस्तरको शिक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘हामी विभिन्न देशका विद्यालय र विश्वविद्यालयसँग भगिनी सम्बन्ध कायम गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय शैक्षिक समुदायसँग जोड्ने काम गरिरहेका छौं । रोम्वस गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध छ ।’

विद्यालयले ११ वर्षको दौरानमा आफ्नै भवन, आफ्नै खेलकुद मैदान र आफ्नै पूर्वाधार निमा)ण गरिसकेको बताउदै प्रिन्सिपल डा. कोजुले ‘सपना, संघर्ष र सफलताको सूत्र एवं शैक्षिक समृद्धिको यात्राले नै मात्र’ भन्ने नाराका साथ रोम्वसलाई सामान्य विद्यालयका रुपमा मात्र नभई प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य अनुरुप अघि बढिरहेको बताउनुभयो ।

रोम्वस सेकेण्डरी स्कूल विगत ११ वर्षदेखि भक्तपुरको शैक्षिक उन्नयनका लागि निरन्तर क्रियाशील रहदै आएको छ । वि.सं २०७० साल फागुन ७ गते विधिवत नामकरण गरी शैक्षिक वर्ष २०७१ देखि कक्षा संचालन गर्न थालेको यस विद्यालयमा ४७ जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १० सम्म कूल ७०६ जना विद्यार्थीहरु रोम्वस सेकेण्डरी स्कूलमा अध्ययनरत छन् ।

शैक्षिक गुणस्तरका लागि प्रतिवद्द यस विद्यालयले कक्षा ११ मा व्यवस्थापन, मानविकी र कानूनका विषय अध्यापन हुने भएको छ । विद्यार्थीमैत्री वातावरण र भौतिक पूर्वाधार युक्त उक्त विद्यालय अन्तर्राष्ट्रिय विद्यालय, विश्वविद्यालयसँग भगिनी सम्बन्ध कायम राखेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।