हामीसँग जोडिनुहोस

माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने

1 मिनेट

काठमाडौँ, १६ जेठ।

नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ ।

अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ । जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।