
काठमाडौँ, १६ जेठ।
आफूलाई देशभक्त नागरिकका रूपमा चिनाउँदै आएका युवराज सफलले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै शुक्रबार न्याय परिषद्मा उजुरी दिएका छन् ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले केही दिनअघि कर्तव्य ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो । सो फैसला सुनाउन न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए ।
तर, सफलले उक्त फैसलामाथि न्यायिक परीक्षण गर्न माग गरेका छन्। उनले पीडितलाई न्याय दिने जिल्ला अदालतको ऐतिहासिक आदेश उल्टाएर पीडित, साक्षी र प्रत्यक्षदर्शीहरूको सुरक्षामा समेत गम्भीर खतरा उत्पन्न भएको दाबी गरेका छन्।उजुरीमा उनले उच्च अदालतको संयुक्त इजलासका न्यायाधीशद्वय थारु र महर्जनले आलमलाई सफाइ दिने गरी गरेको फैसलाले पीडितलाई अन्याय पुर्याएको र अब न्यायिक प्रक्रियामै अवरोध सिर्जना भएको उल्लेख गरेका छन्।
साथै, जिल्ला अदालत र उच्च अदालत दुवै तहमा भएका आदेश र मिसिल झिकाएर न्यायिक परीक्षण गर्नुपर्ने र सम्बन्धित न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी विभागीय छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन्।
पौडेलको मागअनुसार, आलमलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत र त्यसलाई उल्टाउने उच्च अदालतका आदेशहरूको विस्तृत अध्ययन गरी न्याय परिषद्ले आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ।