हामीसँग जोडिनुहोस

सूयविनायक नगर अस्पताल ५० शय्यामा बिस्तार

2 मिनेट
भक्तपुर, २५ असार : सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई वागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा बिस्तार गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापा सोही वडाका तत्कालिन वडा अध्यक्ष हँुदा २०७७ मा उहाँकै विशेष पहलमा १० शय्याबाट सेवा सुरु भएको सूर्यविनायक नगर अस्पतालले आज थापा आफ स्वास्थ्य मन्त्री हुँदा उक्त अस्पताल ५० शय्यामा बिस्तार भएको हो ।
स्वास्थ्य मन्त्री थापाले यसबारे जानकारी दिदै भन्नुभयो, “कोरोना महामारीले जर्जर अबस्था थियो, म वडाध्यक्ष थिएँ, एमाले नेता महेश बस्नेत सांसद हुनुहुन्थ्यो । नगरपालिकाको प्रमुख अहिलेकै प्रमुख वासुदेव थापा हुनुहुन्थ्यो, हामी सबैको अठोट र साथले नेपाल सरकारको २५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गरेर सेवा सुरु गरेको चार वर्षमा म स्वास्थ्य मन्त्री हुँदा नै ५० शय्यामा बिस्तार गर्न पाउँदा खुसी लागेको छ ।”
सूर्यविनायक नगर अस्पताललाई विशेषज्ञ सेवा सहितको ट्रमा सेन्टरको रुपमा विकास गर्ने उहाँले बताउनुभयो । पर्वका जिल्लाबाट काठमाडौं प्रवेश गर्ने अन्तिम नाका जगाती भएकाले पूर्वका विभिन्न राजमार्गमा हुने दुर्घटनाका घाईतेको उपचार गर्ने उदेश्यले यस अस्पताललाई ट्रमा सन्टरको रुपमा विकास गर्ने गरि कार्य अगाडि बढाएको मन्त्री थापाले बताउनुभयो ।
मन्त्रालयले आवश्यकता अनुसार थप जनशक्ति, उपकरण र बजेटको व्यबस्थापन गर्ने बताउदै उहाँले अरनिको राजमार्गमै जोडिएको यस अस्पतालमा भक्तपुरको मात्रै नभई पूर्वबाट आउने विरामीलाई काठमाडौं जानै नपर्ने गरि यही उपचारको व्यबस्थ ागर्ने गरि अस्पताललाई बिस्तार गर्दै लैजाने बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एव वडा न. ७ का वडाध्यक्ष रविन्द्र सापकोटालेप्रदेश सरकारको स्वीकृति र नगरपालिकाको बजेट व्यवस्थापनबाट शल्यक्रिया कक्षसमेत सञ्चालनमा आएको बताउदै उत्कृष्ट रुपमा गुणस्तरीय सवा सञ्चालनका लागि नगरपालिकाले बजेटको व्यबस्थापन गर्ने बताउनुभयो ।
बागमति प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ निर्देशनालयबाट स्विकृति प्राप्त गरेको पत्र प्राप्त भएको बताउदै उहाँले गुणस्तरिय सेवा दिने लक्ष्यमा एउटा ईटा थपिएको र यसलाई विरामीको विश्वास टुट्न नदिने गरि सवा प्रवाह गर्ने बताउनुभयो ।
वडा नं. ८ कै वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगर अस्पतालमा अब उपचारका लागि नगरवासीले अन्य अस्पताल जानु नपर्ने गरि पूर्ण रुपमा सेवा सञ्चालन र बिस्तार गर्दै लैजाने बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको यस अस्पताललाई सबै मिलर उत्कृष्ट र नमूना बनाउने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।