
चीतवन २५ श्रावण । चीतवनमा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका २७ मेघौलीका ३२ वर्षीय अनिल सोनामी, १७ वर्षीय अजित क्षेत्री र सोहि स्थानका १६ वर्षीय सुमन भुजेल घाईते भएका हुन् । मोटरसाईकल चालकसमेत रहेका सोनामीको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अनुहार र टाउकोमा चोट लागेको छ र तिनै जनाको चितवन मेडिकल कलेजनमा उपचार भइरहेको छ । कसराबाट ज्योतिनगर तर्फ गईरहेको ना ३२ प १७३६ नम्बरको मोटरसाईकल भरतपुर महानगरपालिका २६ खत्रौली र घान्दुर्क चोकमा रहेको निर्माणधिन पुलमा अनियन्त्रीत भई नहरमा खस्दा उनीहरु घाईते भएका हुन ।