हामीसँग जोडिनुहोस

कौशलटार–बालकोट सडकमा वृक्षारोपण

1 मिनेट

भक्तपुर २५ श्रावण । अरनिको राजमार्गको कौशलटारदेखि बालकोट सिरूटार सडक किनारमा वृक्षारोपण सुरू गरिएको छ । कार्यक्रमको सुुरुवाती गर्दै सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मानिस र प्रकृतिको सन्तुलन विकास र वातावरणको सन्तुलनले सुन्दरता मात्र होइन स्वस्थ्य सुखी र समृद्धि पनि दिने बताउनुभयो ।

सांसद महेश बस्नेतले यो कार्यक्रमबाट सडक ढलजस्ता प्रारम्भिक मागबाट समाज टोल एक तहमाथि उठेको प्रमाणित भएको उल्लेख गर्दै हनुमन्ते सफाइ, कोरिडर र पार्क निर्माणका काम तदारुकता साथ भइरहेको जानकारी दिनुभयो । यस्तै कार्यक्रमा बोल्दै प्रदेशसभा सांसद शशीजंग थापाले निजी तथा सामुदायिक पहलमा यो क्षेत्रलाई नमुनाका रूपमा विकास गर्ने अवधारणा अनुरूप योजना र कामहरू अगाडि बढाउने दृढता व्यक्त गरे। सूर्य विनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले नगरपालिकाभित्र गरिने यस्ता काममा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सूर्य विनायक नगरपालिका–२ का वडाध्यक्ष कमलनाथ आचार्यले यस अभियानमा वडाको सक्रिय सहभागिता रहने बताएका छन् ।
विरुवा खरिद एवं संरक्षणका लागि स्थानीय व्यक्ति र संस्थाबाट करिब नौ लाख रूपैयाँ उठिसकेको छ । रोपिएका बिरूवाको संरक्षण भने जसको घरपसल अगाडि पर्छ उसले नै गर्नेछन् । उक्त कार्यक्रमअन्तर्गत कौशलटारदेखि बिरूवासम्म करिब छ किलोमिटर सडकको दुवैतर्फ चरणवद्ध रूपले वृक्षारोपण गर्ने बताइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।