हामीसँग जोडिनुहोस

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी

1 मिनेट

२५ श्रावण काठमाडौं । साविक उपविजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी क्लब नर्विच सिटीलाई ४–१ गोलले हराएको थियो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाह, भर्जिल भान डाइक र डिभोक ओरिगीले गोल गरे ।
नर्विचका टिमु पुक्कीले सान्त्वना गोल फर्काए । लिभरपुलले सातौ मिनेटमा नर्विचका ग्रान्ट हान्लेको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
त्यसपछि १९औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । यस्तै २८औं मिनेटमा सलाहको पासमा भर्जिल भान डाइकले गोल गरेपछि लिभरपुल सहज जिततर्फ उन्मुख देखिएको थियो ।
४२औं मिनेटमा डिभोक ओरिगीले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमै ४–० को अग्रता दिलाएका हुन् । ६४औं मिनेटमा नर्विचका टिमु पुक्कीले गोलगर्दै लिभरपुलको अग्रता घटाउने प्रयास गरे । त्यसपछि थप गोल भएन र लिभरपुल सजिलै विजयी भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।