
काठमाडौं २५ श्रावण । देश भरि आयोजना हुने मेला महोत्सब तथा सास्त्कृतिक कार्यक्रमहरुका लागि महशासंघ गठन हुने भएको छ । चितवनमा बसेको आयोजकहरुको भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो ।
महोत्सब आयोजकहरु एकजुट नहुदा कतिपय कार्यक्रमहरु जुध्ने तथा भैपरी आउने दुर्घटनाहरुमा समस्या परेको हुँदा महासंघ गठन गरि सम्पूर्ण आयोजकहरु तथा मेला महोत्सबमा हिड्ने साना ब्यापारी देखि कलाकारहरुको समेत हकहितमा काम गर्ने नब नियुक्त अध्यक्ष सन्दिप महतले बताउनुभयो ।
महोत्सब आयोजकहरुलाई एकजुट गराई कला, ब्यापार, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत समेट्दै माहासंघ गठन भए पश्चात उक्त सस्था बाट सामाजिक कार्यमा समेत लाग्ने सस्थाको उद्येश्य रहेको छ । देश भरि प्रतिष्ठित महोत्सब आयोजना गर्ने २५ जना भन्दा बेसी आयोजकहरुको भेलाले बाकि छुट भएका महोत्सब आयोजकहरुलाई चाडै समेट्दै लैजाने महतले बताएका छन् ।
महासंघ दर्ता प्रक्रियामा गईसकेको हुँदा संस्थाले चाडै नै पूर्णता पाउने र महोत्सबमा हुने दुर्घटनालाइ आर्थिक तथा भौतिक सहयोग गरि सम्पूर्ण संघमा आबद्ध महोत्सब आयोजकहरुको हकहितमा काम गर्दै जाने लक्ष्य रहेको अधक्ष्य सन्दिप महतले जानकारी दिनुभयो ।