श्रावण २५ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् साइनो, रे र काँचुली । यी तीन मध्ये ‘साइनो’ र ‘रे’ प्रचारप्रसारसहित प्रदर्शनमा आएका हुन्, काँचुली बिना प्रचार प्रदर्शनमा आएको हो । तीनै फिल्म देशभर एकसाथ आएपनि चलचित्र घर भने ‘साइनो’ले धेरै कब्जा गरेको छ ।
साइनो नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको पहिलो फिल्म हो । नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको मुख्य अभिनय फिल्ममा छ ।
फिल्म रेमा भने सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी लगायतको अभिनय छ । काँचुली ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खेको अभिनय रहेको फिल्म हो ।