
तनहुँ २५ श्रावण । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५–२६ वर्षीया महिला र ६–७ बर्षिया बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभएको छ ।