भक्तपुर २५ श्रावण । भक्तपुरको हनुमानघाटस्थित श्री बाल सेवक आधारभूत विद्यालयको प्राङ्गणमा फ्युजन नेपाल र पद्म ज्योति फाउन्डेसनको सहकार्यमा कपडा बैंकको उद्घाटन भएको छ ।
कपडा बैैैंक अभियन्ता फ्युजन नेपालकी प्रमुख लक्ष्मी गौतमले कपडा बैंकमा कपडा मात्र नभएर जुत्ता र खेलौना पनि राखिने भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ उक्त कपडा बैंक स्थानीयले अभिरुचिपूर्वक अवलोकन गरेका र आवस्यक सहयोग समेत प्राप्त भएको भन्दै गौतमले सन्तुष्टि व्यक्त गर्नुभयो ।
गौतमले दिएको जानकारी अनुसार बैंकमा धेरै कपडाको आज लिनेदिने कार्य भएको छ भने कपडा लाने केहि बुढापाकाले सित्तैमा किन लानु भनेर आफूले सकेको रकम पेटिकामा हाली आर्थिक सहयोग पनि गरेका छन् ।