
श्रावण २५ । काठमाडौंको टेकुमा एक्सपिरियन्स सेन्टर सञ्चालनमा आएको छ । काठमाडौं एसियन कंक्रिटो प्रालिले यसलाई सञ्चालनमा ल्यएको हो । जर्मनीको मासा कम्पनीको प्लान्टका रुपमा रहेको यसले काठमाडौमा सेन्टर स्थापना गरेको हो। पेभर्स, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक बनाउने यस कम्पनीले ९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग गरिरहेको छ । २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोरअन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना भएको कम्पनीले २०७५ साउनदेखि उत्पादन शुरु गरेको हो । यो उद्योगले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तीमा १०० देखि १५० जनालाई रोजगारी दिने यो कम्पनी दुई अर्ब लागतमा स्थाना भएको हो ।