
जमिन राई, श्रावण २५,२०७६ । | तपाईँले पक्कै पनि सुन्नुभएकै होला ब्लगिङको बारेमा । अनि यो पनि सुन्नु नै भएको होला ब्लगिङबाट पैसा पनि कामाइन्छ रे भनेर । तर तपार्इंलाई थाहा छ कति कमार्इन्छ ब्लगिङ गरेर ? झट्ट सुन्दा अपत्यारीलो पनि लाग्ला ब्लगिङबाट लाखौँ लाख पैसा कमार्इन्छ भन्दा । तर थाहा छ,ब्लगिङमा यति धेरै पैसा छ कि तपाईँ सोच्न पनि सक्नुहुन्न ।

ब्लगिङ सुरु गर्न त्यति गाह्रो पनि छैन । ओहो अब त झन आश्चर्यमा पर्नुभयो होला । अब त तपाईँले यो लेख पढिसकेपछि पक्कै ब्लगिङ सुरु गर्नुहुन्छ होला हैन ? तर पख्नुहोस् ब्लगिङ दुनियाँ रमाइलो छ , कमाइ अपत्यारिलो छ, तर यदि तपाईसँग धैर्य र इच्छाशक्ति छैन भने यो क्षेत्रमा हात हाल्नु त्यति उचित नहोला ।
के हो ब्लगिङ ?
ब्लगिङ भनेको तपाईँको लेखलाई वेवसाइट वा ब्लगमा संप्रेषण गर्नु हो । तपाईसँग केहि न केहि प्रतिभा त पक्कै छ । कसैसँग खानाको मीठो परिकार पकाउने प्रतिभा त कसैलाई श्रृंगारको ज्ञान , कृषिको ज्ञान वा कसैलाई लेख रचनामा पनि रुची हुनसक्छ । त्यस्तो केहि सोँच्न सक्नुभएन भने समसामायिक विषयमा आफ्नो कुरा त अवश्य नै राख्नु सक्नुहुन्छ । त्यहि लेख रचनालाई तपाईँ आफ्नो ब्लग वा वेवसाइटमा राख्ने काम नै हो ब्लगिङ ।
कति खर्च लाग्छ ?
ब्लगिङ सुरु गर्न कति पनि खर्च लाग्दैन, तपाईँ घरमै बसिबसी ब्लगिङ सुरु गर्न सक्नुहुन्छ । तपार्इंलाई मात्र एउटा कम्प्युटर र इन्टरनेट चाहिन्छ । केहि समय यता मानिसहरुले एडसेन्स एकाउन्ट बनाउने भन्दै धेरै पैसा खुवाएर बनाइएको पनि पाइएको छ । एडसेन्स एकाउन्ट आफैं घरबाट नै बानाउन सकिने प्रकृया हो,त्यसका लागि मात्र चाहिन्छ, थोरै ज्ञान ।
ब्लगिङ कथा
ब्लगिङ सुरु गर्नु भन्दा पहिले ब्लगिङबाट नै धेरै पैसा कमाउनेहरुको कथा सुनौ न ।

जेनिफर बारिची
जेनिफर बारिची ती महिला हुन् जसले आफ्नो हुँदाखाँदाको जागिर छोडेर ब्लगिङमा लागेकी थिईन्। उनले विभिन्न महिला र उनिहरुको समस्याकाबारेमा आफ्नो ब्लगमा लेख्छिन् । उनले ब्लगिङ गरेर नै बार्षिक १ लाख ८६ हजार ३२२ अमेरिकी डलर कमाउँछिन् ।

अमित अग्रवाल
टेक्नोलोजिले धनी बनाएका मध्ये पर्छन् अमित अग्रवाल । उनि भारतका ब्लगर हुन् । उनि भारतका विभिन्न विषयमा ब्लग लेख्छन् । उनि ब्लगिङ गरेर मासिक ३० हजार देखि ४० हजार डलर कमाउँछन् ।
ब्लगिङ गरेर लाखौँ कमाउने यस्ता कथाहरु धेरै छन् । तपाईं अरुको मात्र कथा पढ्न चाहनुहुन्छ कि आफ्नो पनि कथा रच्न चाहानुहुन्छ ?
के गर्नु पर्छ ?
ब्लगिङ शुरु गर्न चाहिने भौतिक आवश्यकता धेरै छैन । केवल यतिमात्र हो कम्प्युटर र इन्टरनेट । तर अति आवश्यक पर्छ धैर्य र इच्छाशक्तिको ।
यसो गर्नु पर्छ
क) ब्लग वा वेवसाइट बनाउँने
सर्वप्रथम तपार्इंले आफ्नो ब्लग वा वेवाइट बनाउन पर्ने हुन्छ । ब्लगिङ सेवाका लागि तपाँर्इले गुगलबाट आफ्नो ब्लग निःशुल्क बनाउन सक्नुहुन्छ । गुगलले दिएको सेवा blogger.com मा गएर नयाँ एकाउन्ट बनाउनुहोस् । तपाँइसँग पहिल्यै आफ्नो जिमेल एकाउन्ट छ भने त्यसै एकाउन्ट मार्फत पनि ब्लग चलाउन सक्नुहुन्छ । नयाँ ब्लग बनाउँदा तपाईंले आफ्नो ब्लग वा वेवसाइटको उचित नाम राख्नुहोला । तपाईको खुबी के छ वा तपाईं केमा ब्लगिङ गर्दै हुनुहुन्छ सोहि अनुरुप नाम राख्नसक्नुहुनेछ । त्यसपछि तपार्इं फुर्सदमा हरेकदिन जसो नयाँ नयाँ ब्लगहरू पोस्ट गर्दै जानुहोला ।
ब्लगमा तपाईं मिहिनेत गरेर पाठकलाई रोचक र समसामायिक विषयमा चर्चा गर्दा तपार्इंको लेख धेरैले पढ्नेछन् । जति धेरै लेख पढिए त्यति नै धेरै पैसा कमाउन सक्नुहुनेछ ।
ख) याडसेन्स एकाउन्ट (Adsense Account)
तपाईंको लेख रचना पढिएर मात्र पैसा कमार्इ भएको होइन । त्यस लेखमा संप्रेषण भएका विज्ञापन हेरिए बापत पैसा कमार्इ भएको हो । एडसेन्सको काम विभिन्न विज्ञापन प्रदान गर्ने हो । गुगलद्वारा विभिन्न कम्पनीबाट विज्ञापन लिर्इन्छ र त्यही विज्ञापन तपार्इंको ब्लगमा संप्रेषण हुन्छ जसलाई हेरेबापत तपार्इंलाई खुरुखुरु पैसा आउँछ । एडसेन्समा एकाउन्ट बनाउन खासै गाह्रो पनि छैन । तपाईं एडसेन्सको वेवसाइट http://www.google.com/adsense मा गएर नयाँ एकाउन्ट बनाउन सक्नुहुनेछ । त्यसपछि एडसेन्सबाट विज्ञापनको कोड लिएर तपार्इंले आफ्नो ब्लगमा जसरी पोस्ट(लेख) संप्रेषण गर्नुहुन्छ त्यसरी नै संप्रेषण गर्नुहोस् । तपाँर्इको एडसेन्स खातामा पैसा सुरू सुरूमा थोरै आउँछ । त्यसैले नै धेरै ब्लगरहरू हरेस खाएर छोड्ने गरेको पार्इन्छ । तर जब राम्रो कमार्इ हुनथाल्छ तब तपार्इं ब्लगिङ दुनियाँबाट पर जानुलाई मूर्खता सोच्न थाल्नुहुनेछ ।
तपार्इंको ब्लग धेरैले पढेका छैनन् भने एडसेन्सले विज्ञापन सम्प्रेषण नगर्न सक्छ । तर एडसेन्स जस्तै अरु विज्ञापन दिने कम्पनीबाट पनि विज्ञापन लिनसक्नुहुन्छ । जस्तै yllix.com, infolinks.com , media.net ।
तर एडसेन्सले चाहिँ धेरै पैसा दिने भएकोले यो सबैको पहिलो रोजाइमा पर्छ ।
तपाईं एडसेन्स बाहेक आफ्नो ब्लगमा Affiliate marketing बाट पनि पैसा कमाउन सक्नुहुनेछ । Affiliate marketing भनेको अनलाईन मार्केटिङ कम्पनीहरुको विज्ञापन हो जुन तपार्इंको ब्लगमा सम्प्रेषण हुन्छ । तपार्इंको ब्लग मार्फत पाठकले यस्ता कम्पनीहरुका सेवा सुविधा वा सामान लिए बापत तपार्इंले कमिसन पाउन सक्नुहुनेछ ।
तपाईंको हातमा कसरी पैसा प्राप्त हुन्छ ?
यसरी कमाएको पैसा तपाईं आफ्नो अनलाईन बैंक जस्तै पेपाल, पेजा,स्क्रिल,पायोनियरमा पठाउन सक्नुहुनेछ । अनलाइनबाट स्क्रिल हुँदै ईसेवामा पठाउनुभएमा तपार्इंले आफ्नै बैङ्क खातामा पैसा सजिलै पाउन सक्नुहुनेछ । एडसेन्सले दिने पैसा तपार्इ Western Union Money Transfer बाट पनि मगाउन सक्नुहुनेछ । एडसेन्समा कम्तिमा पनि १०० डलर भएपछि मात्र पैसा झिक्न सक्नुहुनेछ भने अरु विज्ञापन कम्पनीको झिक्न मिल्ने न्यूनतम पैसा बेग्लै बेग्लै हुन्छ ।
यसरी तपार्इं घरमा नै बसेर आफूलाई मनमा लागेका कुरा लेखेरै इन्टरनेटको माध्यमबाट पैसा कमाउन सक्नुहुन्छ । इन्टरनेट यस्तो ठाँउ हो जहाँ तपाईं सुतिरहँदा पनि पैसा कमिरहन्छ । यति कुरा पढिसकेपछि त अब जानिसक्नुभो नि कसरी ब्लगिङबाट पैसा कमाउने भनेर । अब त्यसको उपयोग किन नगर्ने त ? अखिर घाटा त केहि छैन नि ? के थाहा आज तपाँर्इ यो लेख पढिरहनुभएको छ , भोली तपाँर्इ को नाम यस्तै लेखमा पो आउने हो कि ?
Related

अन्य समाचार
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।






