भक्तपुर २६ श्रावण । भक्तपुर घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । करिब १४ प्रतिशतले बढेको छ । सांस्कृतिक सम्पदाको भ्रमण तथा अध्ययन गर्ने पर्यटकको संख्या १४ प्रतिशतले बढेको जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा पर्यटकको संख्या २ लाख ५८ हजार ५ सय ८८ पुगेको छ । पर्यटन सूचना केन्द्रका अनुसार गत आर्थीक बर्ष २०७५–७६ मा पर्यटकको संख्या २ लाख ५८ हजार ५ सय ८८ पुगेको छ । २०७४र७५ मा २ लाख २७ हजार ६ सय १४ थियो । केन्द्रका अनुसार भूकम्पमा भत्किएका मठमन्दिरका संरचना तीव्र रूपमा पुनर्निर्माण भइरहेको र ती मन्दीरहरुको पुरानो स्वरुप हेर्न पनि पर्यटकको संख्या दिनहुँ बढीरहेको छ ।
केन्द्रका अनुसार भक्तपुरमा सार्कसँगै अन्य मुलुकबाट पनि भ्रमण गरेका छन । सार्क र चीनबाट मात्रै १ लाख १७ हजार ३ सय पर्यटकले भ्रमण गरेका छन । २०७४–०७५ मा ९९ हजार ९ सय ८० जनाले मात्रै भ्रमण गरेका थिए । सार्क र चीनबाहेक अन्य मुलुकबाट १ लाख १४ हजार २ सय १६ जनाले भ्रमण गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।