
काठमाडौं,२८ श्रावण । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।
मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ ७१ हजार रुपैयाँ भएको हो ।
चाँडपर्वसँगै सुन महँगिए पछि किनबेच भने ओरालो लागेको छ । तीजको सिजन सुरु भइसक्दा र दसैं नजिकिँदा समेत राजधानीका सुन पसलमा ग्राहकको चहलपहल हुन नसकेको व्यापारी बताउँछन् । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।

Related

अन्य समाचार
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माविलाई
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल
चाँगुनारायणमा जनप्रतिनिधि र कर्मचारीबीच सहमति, नगर प्रमुख खत्री भन्नुहुन्छ : गलत गर्ने जो कोहीलाई कारबाहीको दायरमा ल्याउँछौं





