
काठमाण्डौ २८ श्रावण । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच सोमबार ‘कार्यसम्पादन सम्झौता’ भएको छ ।
मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सबलीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएको छ । सोमबार काठकमण्डौमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय निजामति ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराउनुभयो ।
सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी दिनुभयो ।

Related

अन्य समाचार
चुनाव प्रचारमा महेश बस्नेतको मोटरसाईकल र्याली, आयातित भीड होईन, हजारौ स्थानीयको सहभागि
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माविलाई
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल






