काठमाण्डौ २८ श्रावण । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच सोमबार ‘कार्यसम्पादन सम्झौता’ भएको छ ।
मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सबलीकरण गर्ने उद्देश्यले सम्झौता गरिएको बताइएको छ । सोमबार काठकमण्डौमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सङ्घीय निजामति ऐन छिट्टै ल्याउने गृहकार्य भइरहेको बताउँदै त्यसले कर्मचारीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सहयोग गर्ने जानकारी गराउनुभयो ।
सचिव कोइरालाले मन्त्रालयबाट उपलब्ध हुने सेवा तथा स्थानीय प्रशासनलाई जनताप्रति थप उत्तरदायी बनाउन सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय विकासका साथै पूर्वाधार निर्माणमा स्थानीय तहका प्रत्येक पालिकालाई एकापसमा जोड्ने, सबै पालिकाका भवनको विकास एकै प्रकारले गरिने जानकारी दिनुभयो ।