
अर्घाखाँची २८ श्रावण – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा खुकुरी प्रहार गर्दा ३ जना घाईते भएका छन् ।
भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले त्यसै नगरपालिकाको वडा नम्बर–८ मा रहेको ससुरालीमा सोमबार राति गएर खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका हुन । खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो । घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।