
उदयपुर,२८ श्रावण । उदयपुरको त्रियुगा नगरपालिका – ६ लालपत्तामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ का २० वर्र्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनीहरुको साथबाट स ७ प ८८०९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याब एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका यादव र महतोलार्ई जिल्ला प्रहरी कार्यालय उदयुर लगि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।