हामीसँग जोडिनुहोस

भक्तपुरलाई अपराध मुक्त जिल्ला बनाउन सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका

1 मिनेट

भक्तपुर/ भक्तपुरलाई अपराध मुक्त जिल्ला बनाउन सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने सरोकारवाला निकायले बताएका छन् ।
आज भक्तपुरमा गैरसरकारी संस्था महासंघले आयोजना गरेको जिल्लामा घट्न सक्ने सम्भावित अपराध न्यूनिकरणमा सामाजिक संघसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सरोकारवाला निकायले यस्तो बताएका हुन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जितराम लामाले गैरसरकारी संस्था र प्रहरीले हातेमालो गरेर अगाडि जान सके अपराधका घट्ना न्यूननिकरण हुने बताउनुभयो । अपराध न्यूनिकरणमा समाजसंगको साझेदारी प्रभावकारी हुने औल्याउदै उहाँले समाज चनाखो बन्न सके अपराधघट्ने बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अपराधीलाई उन्मुक्ति दिनेगरि आउने बिभिन्न निकायको दबाबले अपराधीलाई कारबाही गर्न समस्या परेको बताउनुभयो ।

उहाँले जस्तोसुकै दबाब आएपनि ऐन र कानून भन्दा बाहिर नजाने र कोही पनि अपराधी कानूनबाट उन्मुक्ति नपाउने गरि भक्तपुर प्रहरी अगाडि बढेको बताउदै समाज र गैससले अपराध मुक्त भक्तपुर बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर राज बुढाथोकीले संचारकर्मी र गैरसरकारी संस्थाले अपराध न्यूनिकरणमा सघाउने बताउदै समाजको पहरेदार प्रत्येक नागरिक हो भन्ने कुरा बुझाउन जरुरी रहेको औल्याउनुभयो ।

क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले प्रत्येक टोल टोलमा रहेका सामाजिक संस्थाले आफ्नो टोल सुरक्षित बनाउने अभियान संचालन गर्न सके समाज अपराध मुक्त हुने बताउदै प्रहरीले यसका लागि समन्वय गर्दै टोल टोलमा जानु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले प्रहरी र गैससले भक्तपुरलाई अपराध मुक्त बनाउने जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागिहरुले बिभिन्न सुझाबहरु पेश गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।