हामीसँग जोडिनुहोस

हनुमन्तेले एकलाई बगायो, खोला किनाराका बासिन्दा बस्ती छाड्दै

1 मिनेट

रमेश गिरी
भक्तपुर, २७ असार । विगत २४ घण्टादेखि नियमित परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएको एक युवाको प्रहरीले उद्धार गरेको छ ।
सूर्यविनायक नगरपालिका २ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोटमा ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो ।
खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भईरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाईतेको अबस्था गम्भिर भएको उहाँले जानकारी दिनुभयो ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको र मध्यपुर थिमिको बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दाहरुले बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन् ।
हनुमन्तेको बहाब बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दाहरु सुरक्षित स्थान तर्फ गएको प्रहरीले जानकारी दिएको छ ।
खोला किनाराका सयौ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन् । बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भासिएर भत्कने अबस्थामा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीबाट सर्तक रहन र सुरक्षित स्थानमा जान खोला किनाराका बासिन्दालाई आग्रह गरेको छ भने उद्धार सामाग्री सहित सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखेको प्रजिअ नारायण भट्टले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।