
चितवन,२९ श्रावण । चितवन बहुविवाहको आरोपमा चितवनमा एक जोडी पक्राउ परेको छ । जिल्लाको रत्ननगर नगरपालिका–९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका–१ का रश्मी सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरु दुवै जनालाई राजेशकी जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभएको छ । पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भै–रहेको जनाईएको छ ।