हामीसँग जोडिनुहोस

पोखरा महानगरका नौ वडा कार्यालयका कम्प्यूटर चोरी गर्ने पक्राउ

1 मिनेट

पोखरा,२९ श्रावण । पोखराका वडा कार्यालयमा श्रंखलाबद्ध चोरी गर्ने र चोरीको सामान किन्ने पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका– ११ घर भएका किशोर थापालाई पक्राउ गरी बुधबार कास्की प्रहरीले सार्वजनिक गरेको हो । उनले २०७५ जेठ ३ गते पोखरा–१२, २०७५ माघ नौ गते पोखरा–५, २०७५ फागुन २३ गते पोखरा–१३, २०७५ पुस १ पोखरा–१४, २०७५ चैत १० गते पोखरा–१६, २०७५ पुस १६ गते पोखरा–२९, २०७६ असार १३ गते पोखरा–२५, २०७६ जेठ ६ गते पोखरा– ३१, २०७६ साउन २० गते पोखरा–६ नम्बर वडा कार्यालय फुटाएर कम्प्यूटरहरु चोरेका थिए । कास्की प्रहरी प्रमुख दानबहादुर कार्र्कीले थापाले चोरेका वडा कार्यालयहरुको कम्प्यूटर किन्ने रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।