
काठमाडौं, २९ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ । बुधबार पार्र्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा अध्यक्ष कमल थापा सहितका पदाधिकारीहरू उपस्थित हुने बताईएको छ । पार्र्टीको संगठन निमार्णका लागि सातै प्रदेशमा प्रशिक्षण दिन सहभागि हुन लागेका प्रशिक्षकहरुसँग नेतृत्वले छलफल गर्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभएको छ । सैद्धान्तिक अवधारणा, संगठन निमार्ण, नेतृत्व विकासलगायत विषयमा कसरी प्रशिक्षण दिने भन्ने बारे अध्यक्ष थापाले प्रशिक्षकहरुलाई निर्देशन दिनुहुनेछ । आगामी भदौदेखि ७७ जिल्लामा र असोज महिनामा सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने राप्रपाले तयारी गरेको छ ।