हामीसँग जोडिनुहोस

गाईजात्रा प्रदक्षिणा मार्ग सरसफाइ

1 मिनेट

भक्तपुर,२९ श्रावण । भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा मंगलबार सरसफाइ गरिएको छ । गाईजात्राको क्रममा प्रदक्षिणा गर्ने मार्गहरुमा सयौं नगरबासीहरुको सहभागितामा सरसफाइ गरिएको हो। बिहीबारदेखि सुरु हुने भक्तपुरको एकहप्ते गाईजात्राको मुख्य जात्रा यस वर्ष शुक्रबार परेको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सरसफाइमा सभासद्, नगरप्रमुख, उपप्रमुखलगायत सयौं नगरबासी सहभागी थिए । भक्तपुर नगरपालिका वडा नम्बर १ देखि ५ सम्मको मार्गमा संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ नेतृत्वको टोली र वडा नम्बर ६ देखि १० सम्म भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रदेशसभा सदस्य सृजना सैंजु नेतृत्वको टोलीले सरसफाइ गरेको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रालाई व्यवस्थित र मर्यादित बनाउन नगरपालिकाले विभिन्न सरोकारवाला र सांस्कृतिक गुरुसँग छलफल गर्दै अगाडि बढेको बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।