विराटनगर, श्रावण २९ । प्रदेश १ मा गर्मी अत्यधिक भैरहँदा लो–भोल्टेलले थप पिडा दिएको छ । गर्मी अत्यधिक हुँदा समेत लो भोल्टेजले गर्दा पङ्खा नचल्ने, एसी नचल्ने समस्या त छँदै छ, त्यसमाथि उद्योग धन्दा नचल्दा उत्पादन ठप्प भएको र दैनिक करोडौँको घाटा व्यहोर्नु परेको छ । जेनेरेटरको भरमा धेरै समय उद्योग चल्न नसक्ने भएपचि उद्योग ठप्प भएको हो ।