हामीसँग जोडिनुहोस

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको आर्थिक भ्रष्टाचारको विषयमा ज्ञापनपत्र

1 मिनेट

श्रावण २९ । भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको आर्थिक भ्रष्टाचारको विषयमा भक्तपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका वडाबासीहरुले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र प्रदान ग¥यो ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख प्रजापतिले क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाको तर्फबाट जग्गा प्रदान गरिएको अवगत गराउँदै नगरबासीहरुको न्यायोचित मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।


त्यसलगत्तै नगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरुसहित भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा स्थलगत भ्रमण गरी अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग सोबारे जानकारी लिन अस्पताल पुग्नुभयो ।
पटक पटक फोन सम्पर्क गर्दा पनि व्यवस्थापन समितिका कुनै पनि पदाधिकारीहरु सम्पर्कमा नआएपछि प्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठसँग छलफल गर्नुभयो । छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालमा भइरहेको भ्रष्टाचारको विषयमा समाचार आएकोमा भक्तपुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल स्थापनाकालदेखि भक्तपुर नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सामेल नगराउनुमा आपत्ति जनाउँदै उहाँले भक्तपुर क्यान्सर अस्पतालले देशैभरिको रोगीहरुको उपचार गरिरहेको र यसलाई निरन्तर सञ्चालनको लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताउनुभयो ।
मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिता र भ्रष्टाचारजस्ता कुरा सञ्चारमाध्यममा आएको हुँदा त्यसको सत्यतथ्य छानबिन गरीदिन आग्रह गर्नुभयो । उहाँले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा बिरामी सर्वसाधारणलाई उपचार सेवामा प्रभावकारिता ल्याउन नगरपालिकाको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।