हामीसँग जोडिनुहोस

सीटीईभीटीद्धारा परीक्षामा बञ्चित, ३० जना नर्सिङ्ग विद्यार्थी भविश्य अन्यौल

2 मिनेट

श्रावण २९ ।  प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषर (सीटीईभिटी)ले परीक्षामा सहभागि नगराउँदा मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ्ग कलेजमा अध्ययनरत ३० जना नर्सिङ्ग विद्यार्थीको भविश्य अन्यौलमा परेको छ ।
तीन वर्षे प्रमाणपत्र तहको नर्सिङ्ग अध्ययनरत विद्यार्थीलाई सीटीईभिटीले गत २६ गतेदेखि संचालन गरेको प्रथम वर्षको परीक्षामा सहभागि नगराउँदा उनीहरुको भविश्य अन्यौलमा परेको हो ।  चक्रवर्ती हवी नर्सिङ्ग कलेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज संचालन समितिका अध्यक्ष निलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सीटीईभिटीले विद्यार्थीलाई परीक्षामा सहभागि हुन नदिदाँ उनीहरुको भविश्य अन्यौलमा परेको बताउनुभयो ।


परिषरले गतवर्ष लिएको प्रवेश परीक्षामा उतीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिई कलेजले पठनपाठन सुरु गरि गत चैत १४ गते सीटीईभिटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रसन समेत नगरेको उहाँको भनाई छ । सीटीईभिटीले सूचना प्रकाशित गरेपछि संस्था नविकरणका लागि २०७६ असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भईसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लायिग उच्च अदालत पाटन गएको ताम्राकारले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–“उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेसन गराई परीक्षामा सहभागि गराउन आदेश दिएपनि सीटीईभिटीले अदालतको आदेशको अबज्ञा गरि कानूनको समेत मान मर्दन गरेको छ ।”
अदालतले पुनः साउन २० गते साउन २ गतेको आदेशलाई तीन दिन भित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सीटीईभिटीले अटेर गरि साउन २६ गतेदेखि सुरु भएको परीक्षामा सहभागि नगराई विद्यार्थीको भविश्य माथि खेलबाड गरेको अध्यक्ष ताम्राकारको भनाई छ ।
नर्सिङ्ग परिषद्ले उक्त कलेजको अनुगमन गरि सबै पूर्वाधार ठिक छ भनेर प्रमाणित गर्दा पनि सीटीईभिटीले उक्त कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जादा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गतवर्ष आदेश जारी गरेपछि कलेजले कानून सम्बत रुपमा विद्यार्थी भर्ना गराई नियमित पठन पाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो ।
उहाँले कानूनको स्म्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागि गराई उनीहरुको भविश्य जोगाउन माग गर्नुभएको छ । विद्यार्थीहरुले पनि परीक्षामा सहभागि नगराए सीटीईभिटी विरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।