हामीसँग जोडिनुहोस

श्री कृष्ण माध्यामिक विद्यालय र क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

1 मिनेट

भक्तपुर , श्रावण २९ ।  भक्तपुरको खरिपाटीस्थित श्री कृष्ण माध्यामिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्नलाई छात्रबृत्ति दिने उदेश्यले अध्यक्षकोष स्थापना गरिएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका गरिव र जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेगरि चार लाख ३० हजार रुपैयाको सुमन बास्तोला स्मृति छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको हो ।
२०३२ सालमा पाँच वर्षको उमेरमा आगोले पोलेर बलराम बास्तोलाका छोरा सुमनको मृत्यभएकाले उनको नाममा उहाँका दाजू दीपक बास्तोलाले उक्त अक्षयकोषको स्थापना गर्नुभएको हो । हाल अमेरिकामा काम गर्दै आउनु भएका दीपकले भन्नुभयो–“मैले अमेरिकामा सुखले होईन भाडा माझेर दुःख गरेर जम्मा गरेको पैसाबाट भाईको सम्झनामा अध्यक्षकोष स्थापना गराएको हु ।”
अक्षयकोषबाट प्राप्त हुने व्याजबाट विद्यार्थीलाई बार्षिक छात्रवृत्ति प्रदान गरिने कोष सञ्चालन व्यवस्थापन समितिका सदस्य समुन्द्र प्रसाद बास्तोलाले जानकारी दिनुभयो । विद्यालयका प्रध्यानाध्यापक इन्द्र प्रसाद कायस्थले विपन्न जेहेन्दार विद्यार्थीको छनौट गरी छात्रवृत्ति प्रदान गरिने बताउनुभयो । अक्षय कोष वितरणका लागि ५ सदस्यिय सुमन बास्तोला छात्रवृत्ति छनोट समिति गठन गरिएको छ । समितिमा विद्यालयका प्राचार्य इन्द्र प्रसाद कायस्थ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन खत्री, सुमनका दाजु समुन्द्र प्रसाद बास्तोला, मेघनाथ बास्तोला र प्रकाश बास्तोला रहनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।