हामीसँग जोडिनुहोस

अनुगमनको क्रममा अनियमित गर्ने मिनिमार्टलाई जरिवाना

1 मिनेट

भक्तपुर, श्रावण २९ । भक्तपुर नगरपालिका अनुगमन समितिले आज बिभिन्न मिनिमार्टहरुको अनुगमन गरि अनियमित गर्नेलाई कारबाही गरेको छ ।

अनुगमनमा अजिमा स्टोर मार्केटमा थुप्रै म्याद नाघेको सामानहरु बटर क्रेकर बिस्कुट, सुन्तला सुगन्ध, मेथिको अचार, पेप्सी, करेला अचार, डाबर आलमण्ड हेयर तेल, डर्मिकुल, नाइसिल, बटरबाइट बिस्कुट, मारि बिस्कुट प्रसष्ट भेटिएको भेटिएकोले केहि त्यस्ता सामाग्री जफत गरी नष्ट गरिएको छ ।
साथै ढक तराजू नविकरण गर्नु पर्ने, प्याकेजिड्ड सामानमा लेबल राख्नु पर्ने, सरसफाइ अपुग भई धेरै सामानहरु मुसाले काटेको र फोहर देखिएको, मिनि मार्ट व्यवस्थित नभएको व्यवस्थित गर्न सुझाब दिएको छ ।

त्यस्तै न्यु नःपुखु मिनि मार्टमा म्याद नाघेको सामानहरु स्प्राईट चार वटा, ड्यु दुई वटा, पेप्सि दुई वटा, फाण्टा एक लिटरको चार वटा, हाप लिटरको छ वटा, ब्लान्डेड सिसेमसिल सात वटा, क्रेकर विस्कुट तेह« पाकेट भेटिएकोे नष्ट गराई ढक तराजू नविकरण गर्नु पर्ने, पाकेजिड्ड सामानमा लेबल राख्नु पर्ने सुझाब सहित कार्यलयमा उपस्थित हुन निर्देशन अनुसार श्रावण २९ गते हाजिर हुन आएपछि पहिलो पटकलाई एक हजार रुपैंया जरिवाना गरी पठाएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।