
श्रावण ३० । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालको तथ्यांक हेर्दा पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन ।
नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३ र ७४ देखि २०७५ र ७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७३र७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४र७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्यांक देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।