हामीसँग जोडिनुहोस

२ नम्बर प्रदेशमा बढ्दो अख्तियारको उजुरी

1 मिनेट

जनकपुर, श्रावण ३० । २ नम्बर प्रदेश सरकारले ‘सुशासन र समृद्धि’को नारा दोहोराउने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारका उजुरी हेर्दा सुशासनको नारा ‘नारा’मै सिमित छ । यद्धपि प्रहरी, निजामति कर्मचारी र जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोपमा रङ्गेहात पक्राउ पर्नुले भ्रष्टाचारको जरा फैलिएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
आर्थिक वर्ष २०७५ र ०७६ मा २ नम्बर प्रदेशमा ३ हजारभन्दा बढी उजुरी परेका छन् ।जसमा सामान्य प्रशासनतर्फ धेरै उजुरी परेको छ ।
अख्तियारले २ हजार ९४ उजुरीहरु मध्ये ७ सय ९२ उजुरी मात्रै फर्छ्यौट गर्न सकेको छ । स्टिङ अपरेशनमा जनप्रतिनिधि पनि परेका छन । जसले गर्दा प्रदेश २ अन्तर्गतका बारा, पर्सा र सप्तरीमा मन्त्रालयमार्फत् भएका काम कारवाहीसम्बन्धी उजुरी आउँदा समस्या पर्ने गरेको एक कर्मचारीले बताए ।
आर्थिक वर्ष ०७५ र ०७६मा महोत्तरीस्थित गुठी संस्थान शाखा कार्यालय महोत्तरीका असुलीसहायक जयकुमार राउत शर्मा ३५ हजार रुपैयाँ, नापी कार्यालय, २ नम्बर नापी धनुषा कर्मचारी जयगोजिन्द यादव १५ हजार रुपैयाँ, ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादव घुससहित पक्राउ परेका हुन् ।
अख्तियारले विभिन्न ठाउँबाट पक्राउ परेकाहरुसँग ६५ लाख ५ हजार रुपैयाँ घुस रकम बरामद गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।