
जकार्ता, श्रावण ३१ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् । इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गरे । उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताए ।