हामीसँग जोडिनुहोस

संसदमा पुडासैनीको मृत्यु प्रकरणको विषय प्रवेष

1 मिनेट

काठमाण्डौ, भाद्र २ ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु र रवि लामिछाने गिरफ्तार प्रकरणको विषयमा सांसद महेश्वरजंग गहतराजल संसदको शून्य समयमा आफ्ना भनाइ राख्नुभयो । उहाँले पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनकाविरुद्ध रहेको बताउनुभयो । आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेको भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह पनि गर्नुभयो ।
उहाँले लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्यको निन्दासमेत गर्नुभयो । प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको प्रति गम्भीर चिन्ता उत्पन्न भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।