
२०७६ भाद्र ५, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन । स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो । आव ०७४/७५ को नगरपालिकाको वडा कार्यालयको रु पाँच लाख र स्थानीय बासिन्दाको श्रमदानमा सङ्ग्रहालय भवन निर्माण गरिएको थियो । निर्माण गरिएको भवन गत वर्ष हात्तीको झुण्डले भत्काउँदा निकै क्षति पुगेको थियो । गत वर्ष नै भवन मर्मत गरिएको छ ।

Related

अन्य समाचार
बिटुमिन अभावले धुलिखेल–खावा सडकखण्डको कालोपत्रे दुई महिनादेखि रोकियो काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ।डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैतमा करिब एक महिनासम्म रातिको समयमा सवारी आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर डिबिएम (Dense Bituminous Macadam) कालोपत्रे गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता पक्की निर्माणको काम रोकिएको छ।धुलिखेल चोकदेखि करिब २.५ किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणमा पक्की निर्माण गरिएको थियो। उक्त खण्डमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुईतर्फी सञ्चालनको अनुमति दिइएको छ।कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बिटुमिन अभावकै कारण बाँकी सडक पक्की गर्ने काम र पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि अस्फाल्ट तह थप्ने कार्य रोकिएको हो। चार किलोमिटर सडक स्तरोन्नति योजनाअन्तर्ग
विहादी गाउँपालिकाद्वारा दूध उत्पादक कृषकलाई प्रतिलिटर ७ रुपैयाँ ५० पैसा अनुदान
साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुङ्गा–नौबिसे सुरुङमार्ग, यस्तो छ टोल शुल्क






