
५ भाद्र २०७६, काठमाडौ । लोकशेवाको तयारीको लागि धेरै महँगो शुल्क तिरेर मानिसह? कक्षा गइरहेको छन् । तर यस्तो तयारीको अब अन्त्य भएको छ । पछिल्लो समय प्ले स्टोरमा लोकसेवा नेपाल एप ट्रेन्डिङमा छ । लोकसेवाको तयारी गर्न विभिन्न इन्स्टिच्युट धाउनुपर्ने बाध्यता रहेको थाहा पाएपछि मोबाइलबाटै अभ्यास गर्ने प्रणाली ल्याउन केही बेसिक फिचरसहित यो एपको विकास गरिएको हो एन्ड्रोइडमा ४ लाख र आइओएसमा ५० हजारभन्दा बढी डाउनलोड भइसकेको छ । दिनमा ५ सयभन्दा बढी रजिस्ट्रेशन गर्ने गरेका छन । वेबसाइटबाटै कन्टेन्ट किन्ने र खेल खेल्न मिल्ने सुविधा पनि छ । समग्रमा लोकसेवा एप निःशुल्क डाउनलोड गरी मोबाइलमार्फत लोकसेवाको तयारी कक्षा र महत्वपूर्ण जानकारी लिन सकिन्छ ।
विभिन्न इन्स्टिच्युट र लेखकसँग सहकार्य गरेर कन्टेन्ट निर्माण गरिएको छ । जहाँ प्रयोगकर्ताले सब्स्क्रिप्सन गरेपछि एक हप्ता, एक महिना र एक वर्षको प्याकेज लिन पाउँछन् । यसअन्तर्गत १ हप्ताको २५ ?पैयाँ, १ महिनाको ८० ?पैयाँ र १ वर्षको ३ सय ?पैयाँ शुल्क, एनसेल, ई–सेवा, खल्ती र इ–बैंकिङको प्रयोगमार्फत भुक्तानी गर्न सकिने छ । एपमा साप्ताहिक रूपमा आउने समसामयिक ज्ञान क्विज, साप्ताहिक र मासिक आउने समसामयिक ज्ञान, नयाँ मोडल सेटमा निःशुल्क अभ्यास, आफूले अभ्यास गरेको सेटको पूर्ण एनालाइटिक्स र पर्फरमेन्स रिपोर्ट तयार पार्न सकिने मन्त्र आइडियाजका सिइओ अशोक बस्नेत बनाउनुहुन्छ । लोकशेवा आयोगको तयारीको लागि https://play.google.com/store/apps/details?id=com.lok.sewa&hl=en बा६ डाउनलोड गरी चलाउन सकिनेछ ।






