
५ भाद्र २०७६,धनुषा । नेपाल कमनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राद्यने प्रस्ताव पैदेश सभामा दर्ता गराएको छ । प्रदेश २ को नामाकरण जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला निर्धारण गर्न प्रदेश सभामा निर्णयार्थ पेश गरेको हो । नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरण म्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराउनु भएको छ भने रजाधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराउनु भएको हो । नेपालको संविधानअनुसार प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेश सभामा कायम रहेको सदस्य संख्याको २ तिहाई बहुमत चाहिन्छ ।