
भाद्र २०७६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ र ३ मा सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले एकीकृत विकासका कार्यक्रमहरुलाई आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ । स्वयंसेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रवर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट सहयोग प्रदान गरेको हो ।
शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु स्वयंसेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी संचालन गर्दै आइरहेको छ । उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ ।